नियम १०८
बोलपत्र फिर्ता वा संशोधन
(१) बोलपत्रदाता वा प्रस्तावदाताले आफूले पेश गरेको
बोलपत्र वा परामर्श सेवाको प्रस्ताव फिर्ता लिन वा संशोधन गर्न चाहेमा सो सम्बन्धी
निवेदन र बोलपत्रदाताको आधिकारिकता पुष्टि गर्ने कागजात एक खाममा सिलबन्दी
गरी त्यस्तो खामको बाहिरी भागमा देहायका कुरा उल्लेख गरी बोलपत्र पेश गर्ने
अन्तिम समय भित्रै सम्बन्धित स्थानीय निकायमा पेश गर्नु पर्नेछ ः–
(क) बोलपत्र वा परामर्श सेवाको प्रस्तावको विषय,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
डढ
(ख) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव आव्हान गर्ने स्थानीय निकाय वा
अधिकारीको नाम र ठेगाना,
(ग) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव संसोधन गरिएको वा फिर्ता माग
गरिएको विषय,
(घ) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव खोल्ने दिन र समयमा मात्र
खोल्नु पर्ने व्यहोरा ।
(२) उपनियम (१) बमोजिमको सिलबन्दी खाम प्राप्त हुन आएमा सम्बन्धित
स्थानीय निकायले त्यस्ता खाम नियम १०७ बमोजिम सुरक्षित राख्नु पर्नेछ ।